Fri. May 17th, 2024

एजेन्सी । विश्वकप फुटबलकाे दक्षिण अमेरिकी छनोटमा ब्राजिलले कोलम्बियालाई हराएको छ ।

दक्षिण अमेरिकी प्रतिद्धन्दीलाई कोलम्बियालाई हराउँदै ब्राजिल कतारमा सन् २०२२ मा हुने विश्वकपमा छनोट भएको छ ।

छनोट प्रतियोगितामा अपराजित रहदै ब्राजिल विश्वकपमा छनोट भएको हो । ब्राजिलले ११ जित र एक बराबरीको नतिज आत्मसाथ गर्यो ।

छनोट खेलमा कुल २७ गोल गरेको ब्राजिलले मात्र ४ गोल ब्यहोर्यो । ब्राजिल दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनोट हुने पहिलो टिम बनेकाे छ ।

बिहीबार बिहान ब्राजिलले कोलम्बियालाई १–० गोल अन्तरले हराएको हो ।

ब्राजिलको जितमा लुकास पक्केटाले विजयी गोल गरे । खेलको ७२ औं मिनेटमा नेयमारको पासलाई सदुपयोग गर्दै पक्केटाले विजयी गोल गरेका थिए ।

Leave a Reply

%d bloggers like this: