Wed. May 15th, 2024

काठमाडाैँ । अक्षय कुमार स्टारर फिल्म ‘गोरखा’को पहिलो पोस्टर सार्वजनिक भएको छ । भारतीय पर्व दशेराको अवसरमा निर्माण पक्षले शुक्रबार उक्त फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा अक्षय कुमार नेपालीहरू मुख्य हतियार खुकुरीको साथमा आक्रामक अवस्थामा देखिएका छन् । यो फिल्म भारतीय युद्धका हिरोको रूपमा चिनिने मेजर जनरल इयान कार्डोजोको बायोपिकमा बन्नेछ ।

फिल्मको निर्देशन सञ्जय पुरून सिंह चाैहानले गर्नेछन् भने निर्माण आनन्द रायको रहनेछ ।

अक्षय कुमारको मुख्य भुमिका रहने यो फिल्म निर्माणमा उनी स्वयंको पनि लगानी रहने बताइएको छ ।

Leave a Reply

%d bloggers like this: