Thu. May 16th, 2024

काठमाडाैँ । युवा पुस्तामाझ चर्चित नायक प्रदिप खड्काले समाजसेवा गर्दा प्रचार गर्नै पर्छ र ? भन्दै प्रश्न खडा गरेका छन् । अहिलेको अवस्थामा प्रदिप खड्काले सेवा नगरेको भन्दै प्रश्न सोध्नेहरुलाई प्रदिपले प्रश्न सहितको जवाफ फर्काएका हुन् ।
 
सामाजिक सञ्जालमार्फत प्रदिप खड्काले लेखेका छन्, ‘अक्षरस जाने हो भने भगवानले सहयोग गर्ने हो, भवागनलाई सहयोग आवश्यक पर्छ ? भावानात्मक रुपमा जाने हो भने आवश्यक पर्नेलाई पक्कै सहयोग गर्न पर्छ । विना प्रचार गर्दा हुन्छ कि प्रचार गरेरै गर्न पर्छ ?’
प्रदिप खड्काले देखाउन नभइ सामर्थ्य अनुसार सेवा गर्नुपर्ने पनि धारण राखेका छन् । ‘आफ्नो सामथ्र्य भन्दा माथि सहयोग गर्न जरुरी छ ? कसैलाई व्यक्तिगत रुपमा सहयोग जुटाउन मैले अपिल गर्दा मद्दत बढ्छ भने म त्यो गर्छु र गरेको पनि छु । यसलाई म प्रचार भन्दा पनि माध्यमको प्रयोग मान्छु ।’ उनले लेखेका छन् ।
सामाजिक सहयोगका कार्यहरूमा नगएको भनेर सवाल उठाउनेहरूलाई उनले आफू घरमा लुकेर नबसेको जवाफ दिएका छन् । –‘भारतमा कोभिडले चरम आतंक मच्चाउँदा नेपाली चलचित्रको लागि योगदान दिन तल्लिन भएरै काममा लागेको छु । भाइरस आज होला, क्यान्सर पहिलादेखि नै थियो । भ्याक्सिन बनाउने ठूलो होला तर क्यान्सरको औषधी पत्ता लगाउने पनि कम हुँदैनन् । ‘प्रेमगीत ३’ मार्फत नेपाली चलचित्र क्षेत्रको क्यान्सरको उपचार पत्ता लागोस् । प्रचार नगर्दा योगदान मुल्यांकन हुन्न भने मेरो भन्नु केही छैन ।’
 
उनले सामाजिक काम गर्दा व्यापक भइरहेको देखावटी बन्द गर्न पनि आवश्यक भएको धारणा राखेका छन् ।
 

Leave a Reply

%d bloggers like this: