Sun. May 5th, 2024

काठमाडाैँ । निर्मता तथा वितरक गोविन्द शाहीलाई काठमाडाैँ जिल्ला अदालतले सफाइ दिएको छ । फिल्म ‘लिली बिली’को शेयरको विषयमा भएको विवादमाथि अदालतमा परेको मुद्दामा शाहीले बुधबार सफाइ पाएका हुन् ।
फिल्ममा लेनदेनको विषय देखाउँदै निर्माता शाही विरूद्ध अर्का निर्माता सुदीप खड्का तथा निर्देशक मिलन चाम्सले अदालतमा जाहेरी दिएका थिए । बुधबार जिल्ला अदालतले उक्त मुद्दाको फैसला निर्माता शाहीको पक्षमा सुनाएको हो ।
अदालतको फैसलापछि शाहीले सामाजिक सञ्जालमा लेख्दै अदालतले न्यायको पक्षमा फैसाल गरेको उल्लेख गरेका छन् ।
‘हाम्रो आस्थाको केन्द्र सम्मानित अदालत हो । आज मैले पनि न्याय पाएको छु । सम्मानित अदालतप्रति हार्दिक आभार ।, सरकारी पदासीन ब्यक्तिको अधिकार मिसयुज गरी अरुलाई दु:ख दिने काम गरी अरुलाई बिगार्न खोज्नुभन्दा पहिला आफुलाई एकपटक सोच्नुपर्छ भन्ने यो गतिलो जवाफ पनि हो । सहयोगी सबैलाई हार्दिक आभार ! न्यायलयभन्दा ठुलो अरु केही छैन। जय न्यायालय । जय पशुपतिनाथ !’ शाहीले फेसबुकमा लेखेका छन् ।
लिली बिली २०७५ सालमा प्रदर्शन भएको उत्केष्ट फिल्म हो । यस फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ र प्रिंयका कार्की लगायतले अभिनय गरेका छन् ।

Leave a Reply

%d bloggers like this: