Fri. May 3rd, 2024

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले घरेलु लिग कप ‘कोपा डेल रे’को उपाधि जितेको छ । गएराति भएको खेलमा बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी एथ्लेटिक क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेसीले २ तथा एन्टोइन ग्रिजम्यान र फ्र्यांकी डि योङले १-१ गोल गरेका थिए । पहिलो हाफ बराबरीमा सकिएको खेलमा बार्सिलोनाले दोश्रो हाफको १२ मिनेटमा ४ गोल गर्न सफल भयो ।
बार्सिलोनाका लागि एन्टोइन ग्रिजम्यानले ६० मिनेटमा सुरूवाती गोल गरेका थिए । त्यसको २ मिनेटपछि नै डि योङले गोल गर्दा बार्सिलोनाले अग्रता दोब्बर पार्यो । ६८ मिनेटमा मेसीले उत्कृष्ट गोल गरेपछि बार्सिलोना ३–० को सहज स्थितिमा पुगेको थियो । त्यसको ४ मिनेटपछि मेसीले व्यक्तिगत दोश्रो गोल गर्दा बार्सिलोनाले ४–० को शानदार जीत सहित उपाधीमा आफ्नो नाम लेखायो ।
बार्सिलोनाका लागि यो ३१ औँ कोपा डेल रे उपाधि हो । त्यस्तै, बार्सिलोनाका मेसीले गएरातीको उपाधिसँगै आफ्नो नाममा ३५ औँ उपाधि दर्ता गरेका छन् ।
गएराती मेसीको कप्तानीमा बार्सिलोनाले पहिलो उपाधि जितेको हो । यसभन्दा अघि एथ्लेटिक क्लबसँग बार्सिलोना स्पेनिस सुपर कपमा पराजित भएको थियो । गएरातीको जीतसँगै बार्सिलोनाले एथ्लेटिक क्बलसँग हारको बदला पनि लिएको छ ।

Leave a Reply

%d bloggers like this: