Mon. May 13th, 2024

काठमाडाैँ । अभिनेत्री तथा निर्देशक दीपाश्री निराैलाको फेसबुक अकाउन्ट ह्याक गरेको आरोपमा एक जना १४ वर्षीय बालक पक्राउ परेका छन् ।
प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले दिएको जानकारी अनुसार साइबर ब्युरोले मंगलबार पर्साबाट १४ वर्षका बालकलाई उक्त अभियोगमा पक्राउ गरेको हो ।
ती बालकलाई जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमतिमा पर्सा बहुदजरमाई नगरपालिकाबाट पक्राउ गरिएको बताइएको छ ।
गत हप्ता दीपाश्री निराैला र कलाकार सरोज खनालको फेसबुक ह्याम गरी पैसा माग गरिएको खबर सार्वजनिक भएको थियो । प्रहरीले यो विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।

Leave a Reply

%d bloggers like this: