Sat. May 18th, 2024

एजेन्सी – बार्सिलोनाका लागि कीर्तिमानी खेल खेलिरहेका कप्तान लियोनेल मेस्सीको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ ।
घरेलु मैदानन नोउम क्याम्पमा सोमबार राति भएको खेलमा बार्सिलोनाले एसडी हुएस्कामाथि ४–१ को सानदार जित हात पारेको हो । बार्सिलोनाका लागि थप दुई गोल एन्टोइन ग्रिजमन र ओस्कार मिनगुइजाले गर्दा हुएस्काका राफा मिरले एक गोल फर्काए ।
खेलको १३औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । उनले सर्जियो बुस्क्वेट्सको पासमा गोल गरेका थिए । ३५औं मिनेटमा एन्टोइन ग्रिजमनले पेड्रीको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा राफा मिरले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
५३औं मिनेटमा ओस्कार मिनगुइजाले कप्तान मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए । ९०औं मिनेटमा ट्रिन्काओको पासमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बार्सिलोनालाई ४–१ को फराकिलो जित दिलाए ।

Leave a Reply

%d bloggers like this: