Sat. May 18th, 2024

काठमाडाैँ । सुपरस्टार प्रभास र पूजा हेगडे स्टारर फिल्म ‘राधे श्याम’ को टिजर सार्वजनिक भएको छ । आइतवार प्रेम दिवसको अवसरमा फिल्मको टिजर सार्वजनिक गरिएको हो । ५२ सेकेण्डको टिजरमा प्रभास र पूजाको एकअर्काप्रति प्रेम आशक्ति देखाइएको छ । टिजरसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि ‘बुक’ गरेको छ । फिल्म आउँदो ३० जुलाई (साउन १५) मा रिलिज हुनेछ ।
प्रभासले टिजर शेयर गर्दै लेखेका छन्, ‘यो भ्यालेनटाइन, आउनुहोस् वर्षको सबैभन्दा ठूलो घोषणासँग प्रेमको उत्सव मनाऔं । ‘राधे श्याम’ थिएटरमा ३० जुलाईमा रिलिज हुनेछ ।’ यो पीरियड रोमान्टिक ड्रामाका निर्देशक राधाकृष्ण कुमार हुन् । फिल्ममा प्रभास विक्रमादित्य नामका रिडरको भूमिकामा छन् भने पूजाले प्रेरणा नामकी एक म्यूजिक टिचरको भूमिका निर्वाह गरेकी छन् ।
वामसी कृष्णा रेड्डी, प्रमोद उप्पलपति र भूषण कुमार निर्मित फिल्ममा सचिन खेडेकर, प्रियदर्शी पुलीकोन्डा, भाग्यश्री, मुरली शर्मा, कुनाल रोय कपूर, रिद्धी कुमार, साशा क्षेत्री, सत्यनको पनि अभिनय रहेको छ । हैदराबाद, इटली जर्जियामा छायांकन भएको फिल्मलाई हिन्दी, तमिल, तेलुगू र मलयाली भाषामा निर्माण गरिएको छ । टिजरले दर्शकमा फिल्मप्रति उत्सुकता बढाएको छ ।
टिजर हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply

%d bloggers like this: