Sat. May 4th, 2024

काठमाडाैँ । तिहारको आज पाचौं दिन । तिहारमा भाइटीका लगाएसँगै आजबाट तिहारको समापान हुने गर्छ । आजको दिन सबैजना दिदीबहिनीहरूले आ–आफ्ना दाजुभाइलाई टिका लगाइदिएका छन् ।
विगतका वर्षहरुमा झैं यो वर्ष पनि कलाकारहरुले भाइटीका लगाएका छन् । सरकारले जो जहाँ छ, त्यहीँ रहेर तथा स्वास्थ्य मापदण्ड पूरा गरेर आफ्नो परिवारका सदस्यहरुबीच मात्रै चाडपर्व मनाउन आग्रह गरेको छ ।
आजदिनभर टीका लगाउन सकिने भए पनि बिहान ११ बजेर ३७ मिनेट साइत खोज्ने उत्तम समय भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको थियो । सोही समयको सेरोफेरोमा कलाकारहरुले टीका लगाएका हुन् ।

Leave a Reply

%d bloggers like this: