Sat. May 4th, 2024

चेन्नई सुपरकिंग्सका खेलाडी सुरेश रैनाले यो सिजनको आइपीएल नखेल्ने भएका छन् । व्यक्तिगत कारणले गर्दा उनले आइपीएल नखेल्ने बताइएको छ । आइपीएल नखेल्ने भएपछि युएईबाट उनी भारत फर्किएका छन् ।
चेन्नई सुपर किंग्सका सिइओले ट्वीट गर्दै रैना व्यक्तिगत कारणले गर्दा भारत फर्किएको र उनलाई केही सहयोग चाहिए टोलीले गर्न तयार रहेको उल्लेख गर्दै यो संस्करणको आइपीएलमा उनी उपलब्ध नहुने जानकारी गराएका छन् ।
रैनाले आइपीएल नखेल्ने समाचारले चेन्नई सुपरकिंग्सलाई दोश्रो झट्का दिएको छ । चेन्नई कै १० जनामा कोरोना संक्रमण समेत पुष्टि भएकाले टोली थप समस्यामा परेको छ । तर, कोरोना संक्रमण हुनेमा एक जनामात्रै खेलाडी रहेको बताइएको छ ।
महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकै दिन रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

Leave a Reply

%d bloggers like this: