Sun. May 5th, 2024

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान अभिनित पहिलो फिल्म ‘द ग्रे पार्ट अफ ब्लु’ रिलिज भएको छ। फिल्ममा सुहाना मूख्य भूमिकामा देखिएकी छिन् ।

सुहानाले अभिनय गरेको यो सर्ट मुभी हो । उनी र उनका कक्षाका साथीहरु मिलेर बनाएको यो छोटो फिल्मले अहिले निकै प्रशंसा बटुलेको छ।त्यस्तै फिल्ममा सुहानाको अभिनयको पनि खुब तारिफ भइरहेको छ।

स्टार किड्समध्ये सुहानाको अहिले निकै फ्यान फलोइङ रहेको छ । उनको क्रेज देखेर फिल्म निर्माताहरुले फिल्ममा अभिनय गर्ने प्रस्ताव गरेपनि शाहरुखले सुहानाको पढाई सकिएपछि मात्र ठूला फिल्ममा आउने बताएका छन् । यसै वर्ष ग्रयाजुएसन गरेकी सुहाना थप पढाइका लागि यतिखेरन्युयोर्कमा छिन्।

सुहानाले आफ्नो इन्स्टाग्राममा फिल्मको भिडिओ शेयर गर्दै आफ्नो पहिलो फिल्मको खुसीयाली मनाएकी छन्। छोटो फिल्म भए पनि यसको क्रेज दर्शकमा निकै राम्रो परेको पनि सञ्चारमाध्यमहरूले जनाएका छन्।

news24nepal.tv

Leave a Reply

%d bloggers like this: