Sun. May 5th, 2024

निर्देशक ऋषिराज आचार्यको निर्माण तथा निर्देशनमा फिल्म ‘चुरीफुरी’ ले कलाकार छनौट सुरु गरेको छ । पहिलो चरणको अडिसन शुक्रबार आरबि मुभीजको कार्यालय, चक्रपथमा सम्पन्न भएको हो । स्क्रिप्टले नयाँ अनुहार मागेको कारणले फिल्मको लागि कलाकार छनौटको प्रक्रिया सुरु गरिएको निर्देशक आचार्यले जानकारी गराएका छन् ।

बिदेशमा रहेका इच्छुक प्रतिभाले भिडियो क्लिप्सबाट अडिसन दिन सक्ने ब्यबस्था मिलाइएको छ । पहिलो चरणको अडिसनमा निर्देशक ऋषिराज स्वयम्का साथमा संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदी अतिथि निर्णायकका रुपमा थिए । केही दिनपछि हुने दोश्रो चरणको अडिसनपछि सम्पूर्ण कलाकार छनौट हुने बिश्वास आचार्यले लिएका छन् । कमेडी जनराको फिल्म आरबि मुभीजकै ब्यानरमा निर्माण हुँदैछ ।

filmyfanda.com

Leave a Reply

%d bloggers like this: