Sat. May 4th, 2024

फिलम ‘आप्पा’ नेपाल र भारतमा एकै साथ प्रदर्शन हुने भएको छ । यो फिल्मको अभिनेता दयाहाङ मुख्य कलाकार हुन्। फिल्मको निर्देशण निर्देशक अनमोल गुरुङले गरेका छन् ।
निर्देशक अनमोल गुरुङको कथा रहेको यो फिल्ममा गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद रहेको छ । शैलेन्द्र डि कार्कीले छायाँकन गरेको यो फिल्ममा अनमोल गुरुङ र शैकात देवले संगीत भरेका छन् । फिल्मको सम्पादन भने निमेष श्रेष्ठले गरेका हुन् ।
निर्देशक गुरुङका अनुसार फिल्म ‘आप्पा’ नेपाल सँगै भारतको २५ वटा हलहरुबाट एक साथ प्रदर्शन हुँदैछ। लामो समयपछि नेपाली फिल्म नेपाल र भारतमा एकै साथ रिलिज हुन लागेको निर्देशक गुरुङले बताएका छन् ।
भारतको नयाँ दिल्ली, कोलकता, मुम्बई, सिक्किम, आसाम, दार्जिलिंग, जस्ता मुख्य शहरहरुमा फिल्म ‘आप्पा’ प्रदर्शनमा आउने लागेको निर्देशक अनमोलले बताएका छन् । यो फिल्मले दार्जिलिङदेखि सन्दकपुर सम्मको यात्राको कथा बोकेको बताइएको छ । फिल्म आगामी असार १३ गतेबाट नेपाल तथा भारतमा एकसाथ रिलिज हुँदैछ ।
दयाहाङ राईसंगै सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारहरुले फिल्म आप्पा मा अभिनय गरेका छन् ।

Leave a Reply

%d bloggers like this: