Fri. May 3rd, 2024

फिल्म ‘पायल’ बन्ने भएको छ । दिनेश लिङ्देनको निर्देशनमा बन्न लागेको यो फिल्म आगामी शुक्रवारदेखि काठमाडौँका विभिन्न ठाउँमा छायाङ्कन सुरु हुने निमार्ण टोलीले बताएको छ ।
लिङ्देन कै कथा रहेको फिल्ममा समाजका विद्यमान समस्या र आपराधिक घटनाहरूलाई समेट्ने बताइएको छ। कविता राई लिङ्देनको निर्माणमा बन्न लागेको यो फिल्म थ्रिलर जनारा रहेको जनाइएको छ ।
यो फिल्म ‘पायल’ मा रिया श्रेष्ठ, ध्रुव न्यौपाने, राजकुमार लिङ्देन, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुब्बा, हस्त लिवाङ, दिलीप ठकुरीलगायतको कलाकाहरुको अभिनय रहनेछ ।

Leave a Reply

%d bloggers like this: