Mon. May 6th, 2024

काठमाडाैँ – सुपरहिट जोडी प्रदिप खड्का र जसिता गुरूङ अभिनित “लभ स्टेशन” प्रदर्शनको तश्रो हप्तामा प्रवेश गरेको छ । गत वर्ष अर्थात् चैत्र २२ गतेबाट प्रदर्शनमा अाएको फिल्मले यो शुक्रबार प्रदर्शन गरेसँगै प्रदर्शनको तेश्रो हप्तामा पाइला टेकेको हो ।

प्रदर्शनका दिनबाट नै अाक्रामक देखिएको फिल्मले तेश्रो हप्तासम्म पनि उस्तै लयलार्इ कायम राखेको छ ।  फिल्म हलमा अहिले पनि यो फिल्म हेर्न नेपाली सिनेमा प्रेमीको घुइँचो देखिएको छ ।

प्रदिप र जसिता अभिनित फिल्म “लिलि बिलि”ले गत वर्ष ५१ अाैँ दिन मनाएको थियो । अहिलेको “लभ स्टेशन”ले पाएको मायालार्इ हेर्दा सोही सफलता यो सुपरहिट जोडीले यसपालि पनि पाउँने अाशा गरिएको छ ।

Leave a Reply

%d bloggers like this: