Sat. May 18th, 2024

सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ हुने भएको छ ।
अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको साधना म्यूजिक अवार्डका कार्यक्रम संयोजक गौतम शेर्पाले बताए ।
नेपाली लोक गीत, आधुनिक, पप र लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ५० बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७५ बैशाख १ गते देखि चैत मसान्त भित्र बजारमा आएका गीत संगीतका कलाकारले सो अवार्डमा सहभागिता जनाउन सक्ने सामना म्युजिक क्रियसन कि अध्यक्ष सामना शाहले जानकारी दिए ।
गायक गायिकाको हकमा भने भिडियो तयार नभए पनि सहभागी हुन सक्ने भएका छन् । फारम भर्ने अन्तिम मिति २०७६ बैशाख १५ गते सम्म भर्न सक्ने ब्यावस्था मिलाइएको छ । आबेदन फारम अनामनगर स्थित सामना म्यूजिक क्रियसन प्रा लि को कार्यालयमा बाट प्राप्त गर्न सकिने छ ।
 

merofilm.com

Leave a Reply

%d bloggers like this: