Fri. May 3rd, 2024

पछिल्लो समय नेपाली कलाकारहरुको समाज सेवा प्रती ध्यान आक्रिस्ट हुन थालेको छ । धेरै जसो कलाकारले सामाजिक सेवा गर्न पाउँदा आफुलाई खुसी मिल्ने बताउँदै आएका छन् । सामाजिक कार्यमा कलाकारको लगाव यसरी बढेर गएको छ कि हाल कलाकारको कलाकारिताको भन्दा बढी समाजसेवाका समाचार शिर्षक बन्ने गरेका छन् । समाजसेवी कलाकारको भिडमा नायक पल शाह पनि अगाडी आएका छन् ।
शाहले देबघाटका भाईरल भिम बहादुर बि.कको घर शिलान्यास गरेका छन् । भिम बहादुरलाई आफुले पनि भौतिक, आर्थिक तथा समाजिक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै समाजिक काममा सहभागी भई सहयोग गर्न पाउँदा आफुलाई खुशी मिल्ने शाहले बताए । समाजिक संजालमा भाईरल भएका भिमको ५ बर्ष अघि जलेको घर निर्माण हुन नसक्दा घर भित्रै पानी छिर्ने र रातभरि सुत्न नसक्ने अवस्था आएकाले यो आउदो बर्षात भन्दा अगाडीनै घर निर्माण गरी हस्तान्तरण गर्ने अभियान सुरु भएको हो ।
समाजसेवी रन्जिता गुरुङ्गको अगुवाइमा सुरु भएको अभियानमा अमेरिका निबासी हेम थापाको आर्थिक सहायता रहने र बाकी रकम सहयोगीहरुसँग संकलन गरिने बताईएको छ । बैशाख १ गतेबाट निर्माणकार्य थालनी हुने घर कम्तीमा असार १ गते भन्दा अगाडी निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ ।

Leave a Reply

%d bloggers like this: