Fri. May 3rd, 2024

काठमाडौँ । फिल्म ‘यात्राः अ म्युजिकल भल्ग’ को ट्रेलर सार्वजनिक गरिएको छ । सलिनमान बँनियाको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।
फिल्म यात्रामा सम्राट शाक्यको डेब्यु निर्देशन रहेको छ । कथा पनि निर्देशक शाक्य कै रहेको छ भने फिल्मलाई सुशील पोखरेलले निर्माण गरेका हुन् । फिल्मको छायांकन सञ्जय लामाले गरेका छन् । बनिष शाहले सम्पादन गरेका फिल्मको गीतमा सुगम पोखरेल, मेलिना राई, प्रेक्षा बज्राचार्य, सुरेश लामा, उपकार पाण्डे लगाएतको गायन रहेको छ ।
संगीत सम्भुजित बास्कोटा, प्रतिक पौडेल, भारतिय संगीतकार कोबिद बज्रले भरेका हुन् । हिमाल केसीको द्वन्द्व, प्रविन सिंहको कोरियोग्राफी रहेको छ । यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् । फिल्ममा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बोबीको पनि अभिनय रहेको छ ।
फिल्म यात्रामा सलिनमान बँनिया, सलोन बस्नेतकासंगै जान्वी बस्नेत, मल्लिका महत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटुवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल लगाएतका अभिनय रहेको छ । फिल्म चैत २९ गते देखि रिलिज हुँदैछ ।

Leave a Reply

%d bloggers like this: