Mon. May 6th, 2024

चैत २९ गते रिलिज हुने चलचित्र ‘ए मेरो हजुर ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । परान परान… बोलको लोकदोहोरी शैलीको गीतमा अनमोल केसी र सलोन बस्नेत सङै नायिका सुहाना थापाले नृत्य गरेकी छन् । आशिष अविरल र अन्जु पन्तको स्वर रहेको गीतलाई आनन्द अधिकारीले लेखेका छन् भने अविरलकै संगीत रहेको छ ।
 
म्युजिकल लभ स्टोरी चलचित्रमा अनमोल र सुहानाको मुख्य भुमिका रहको छ । अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय हेर्न सकिन्छ । चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् भने निर्माण सुनिलबहादुर थापाले गरेका छन् । सुहाना अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन् ।

nepalgunjtimes.com

Leave a Reply

%d bloggers like this: