Sat. May 18th, 2024

युवास्टार र सफल नायक प्रदिप खड्काले आज २६ औ जन्मदिन मनाएका छन् । माता सारदा खड्का र पिता टेक बहादुर खड्काको कोखबाट सन् १९९२ मार्च १०मा उनको जन्म भएको थियो ।
तीनबर्षअघि रिलिज भएको फिल्म ‘प्रेमगीत’ बाट निकै चर्चामा आएका प्रदीप पछिल्लो समयका निकै ब्यस्त, महंगा र रोजिएका नायकमा पर्छन् । प्रदिपको क्रेज अहिलेका युवायुवतीमा धेरै नै देख्ने गरिन्छ । नायिकाहरु पनि प्रदिपसंग फिल्म खेल्न रुचाउने गर्छन् ।
आउँदो चैत २२ गतेबाट प्रदीप अभिनित फिल्म ‘लभ स्टेशन’ प्रदर्शनमा आउँदैछ । फिल्मको गीत र ट्रेलरले व्यापक चर्चा पाईसकेको छ । त्यसैको प्रचारप्रसारमा अहिले प्रदीप ब्यस्त छन् । उनीसँगै लिलिबिलीमा जोडी बाँधिएकी नायिका जसिता गुरुङ यो फिल्ममा पनि जोडीको रुपमा देखिदैछिन् । लिलिबिली पछि यी दुई प्रेममा छन् भन्ने चर्चा चलिरहेको छ । तर यी दुबै आफूहरु प्रेम सम्बन्धमा नरहेको बताउँछन् ।
आज लभ स्टेशन टिम र सञ्चारकर्मिहरुका बिच प्रदीपले आफ्नो जन्मदिनको केक काटेर जन्म दिनलार्इ अविष्मरणीय बनाएका छन् । नायिका जसिता, फिल्मका निर्देशक उज्जवल घिमिरे लगायतको टिमसँग उनले साँझ  केक काटेर जन्मदिन मनाएका छन् ।

Leave a Reply

%d bloggers like this: