Fri. May 3rd, 2024

फिल्म ‘द ब्रेकअप’ ले चौतर्फी क्रेज कमाउन सफल भएको छ ।  फिल्मको ट्रेलर सार्वजनिक गरिएको केहि समयमा नै यो फिल्मलाई येस्तो लोकप्रियता प्राप्त भएको हो ।
फिल्म युनिटले काठमान्डौका कलेजहरुमा गरेको सर्वेक्षण तथा अन्तरक्रिया कार्यक्रममा ‘द ब्रेकअप’ले  प्रदर्शन अगावै दर्शकको ठुलो जमात  बटुलिसकेको छ । फिल्म फागुन १७ गते देखी प्रदर्शनमा आउने छ ।
फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, सरोज खनाल, नव–कलाकार इच्छा कार्की लगायतका कलाकारको अभिनय रहेको छ । बिसी मोसन पिक्चर्स र ह्याप्पी प्लानेट फिल्म्सको प्रस्तुती रहेको फिल्ममा कथा, पटकथा तथा निर्देशन हेमराज बिसीको रहेको छ ।
फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेणु राणा र निर्देशक हेम राज बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

Leave a Reply

%d bloggers like this: