Sat. May 18th, 2024

बलिउड अभिनेत्री कंगना रनावत कुनै पनि कुरा नलुकाई बोल्ने बानीकै कारण उनको सम्बन्ध बलिउडका धेरै कलाकारसँग राम्रो छैन । कंगना अभिनित फिल्म मणिकर्णिका प्रदर्शनको क्रममा छ ।फिल्मको ट्रेलर रिलिज भइसकेको छ ट्रेलर हेरेर उनले फिल्ममा गरेको मेहेनत प्रष्टै बुझिन्छ यद्यपी उनको प्याच्च बोल्ने बानीका कारण बलिउडमा धेरै मित्र भन्दा पनि उनको दुश्मन बढेका छन् ।
कंगनाले काम गर्न क्रममा धेरैसँग सम्बन्ध बिगारेकी छिन् । त्यो बिग्रिएको सम्बन्धले उनलाई यतिबेला असर पारेको छ । सिनेकर्मीहरूले उनको फिल्मको खुलेर प्रशंसासमेत नगरेको अवस्थामा यी अभिनेत्री एक्लै फिल्म मणिकर्णिकाको प्रचारमा जुटेकी छिन् । यो फिल्म ११ माघबाट सिनेमा हलमा रिलिज हुँदै छ ।
हुन पनि कंगनाको सम्बन्ध अभिनेता अभिनेत्रीदेखि निर्देशक निर्मातासम्मका व्यक्तिसँग बिग्रिएको छ । एक समय अभिनेत्री कंगना र अभिनेता ऋतिक रोशनको सम्बन्ध राम्रो थियो । उनीहरू प्रेम सम्बन्धमा रहेको चर्चा पनि नचलेको होइन । आफू र ऋतिक रोशन प्रेम सम्बन्धमा रहेको कंगनाले मिडियालाई खुलासा गरिन् । यही विषयलाई लिएर कंगना र ऋतिकबीच विवाद बढ्यो र सम्बन्ध चिसियो । जसका कारण उनीहरूबीच बोलचाल नै बन्द भयो ।
एक समय अभिनेता आदित्य पँचौली र अभिनेत्री कंगना ‘रिलेसनसिप’मा थिए । उनीहरूको प्रेमले बलिउडमा निकै चर्चा पाएको थियो । त्यो प्रेम सम्बन्ध लामो समय टिक्न पाएन । प्रेम सम्बन्ध टुटेपछि यी दुईबीचको सम्बन्ध पनि पूर्ण रूपमा चिसियो । सम्बन्ध चिसिएपछि आदित्य र कंगनाले एकअर्कालाई हेर्न पनि छाडेका छन् ।
यी दुई अभिनेतासँग प्रेम सम्बन्धका कारण सम्बन्ध बिग्रिएको र यी अभिनेत्रीको अन्य अभिनेत्रीसँग पनि सम्बन्ध राम्रो छैन । कंगनाको अर्की अभिनेत्री दीपिका पादुकोणसँग सम्बन्ध चिसो भएको तीन वर्ष नाघिसकेको छ । दीपिकाको फिल्म हेप्पी न्यु इयर र कंगनाको फिल्म क्विनमध्ये हेप्पी न्यु इयरले अवार्ड पाएपछि उनीहरूको सम्बन्ध चिसिएको हो । यी अभिनेत्रीको सम्बन्ध अर्का अभिनेत्री सोनी सुदसँग पनि बिग्रिएको छ । फिल्म मणि कर्णिकामा यी दुईको सम्बन्ध बिग्रिएको हो । जसका कारण सोनी सुदले यो फिल्ममा पछि काम नै छाडेका थिए ।
यी अभिनेत्रीको सम्बन्ध निर्माता निर्देशक करण जौहरसँग पनि राम्रो छैन । दुवैबीच कफी विद करण कार्यक्रममा विवाद भएको हो । त्यो विवाद बढ्दै गएपछि उनीहरूको सम्बन्ध चिसिएको हो ।

Leave a Reply

%d bloggers like this: