Fri. May 10th, 2024

काठमाडौं ।
नेपली सुगम संगीतका चर्चित गायक, गजलकार राज सिग्देलको नयाँ गीत ‘अमृत’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
हरि बस्ताकोटीको शब्द र हरि लम्सालको संगीत रहेको ‘अमृत’को म्युजिक भिडियोमा राज आफैले अभिनय गरेका छन् भने उनलाई अभिनयमा अन्जु चौलागाईले साथ दिएकी छन् । भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी, बिकास दाहालको सम्पादन र लोमस पौडेलको सहनिर्देशन रहेको छ ।
युवराज वाइबाको निर्देशन रहेको भिडियोमा मायामा धोका भएपछिको अवस्थालाई देखाउन खोजिएको छ । करिब ३५० भन्दा बढी गीत, गजलमा आवाज दिइसकेका नेपालकै चर्चित गजलकार सिग्देलको करिब १०० भन्दा बढी गीत गजलको भिडियो समेत निर्माण भइसकेको छ ।
करिब ५ वर्ष अघिको अत्याधिक हिट गजल ‘उ जितेर गइ या जिहारेर गर्इ’ उछि उनका ‘च्वास्स बिझ्ने तिम्रो माया मार्दिम मार्दिम लाग्छ’ लगायत दर्जनौ हिट गजलहरु सर्बाधिक हिट छन् ।

Leave a Reply

%d bloggers like this: