Sun. May 12th, 2024

काठमाडाैं ।
युवा स्टार प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘लभ स्टेशन’ को प्रदर्शन मितिमा हेरफेर हुने भएको छ । चैत १ बाट प्रदर्शनमा आउने भनिएको फिल्मको रिलिज डेटमा हेरफेर हुने भएको हो ।
उज्वल घिमिरेको निर्देशन रहेको लभ स्टेशनको सम्पुर्ण छायांकन भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किम, लगायत नेपालको पुर्वी भेगका इलाम फिक्कलमा गरिएको छ । फिल्ममा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा आलोक शुक्लाको छायाँकन, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ । पारिवारिक प्रेमकथामा आधारित लभ स्टेशनलाई काफिया फिल्म्सको व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् । फिल्मका निर्माता गोविन्द शाही रहेका छन्  ।
अत्यन्तै चर्चा कमाउन सफल जोडी जसिता र प्रदिपको अागमनका लागि दर्शकहरू अत्तालिएको निर्माण पक्षले जनाएको छ । युट्युबमा रिलिज भएको १ हप्तामा नै लिलि बिलिले ४० लाख दर्शक पाएको छ । यसले नै प्रदिप र जसिताको लोकप्रियतालार्इ प्रस्ट पार्ने निर्माण पक्षले मनोरञ्जनलार्इ बताएको छ ।

Leave a Reply

%d bloggers like this: