Sat. May 4th, 2024

फिल्म ‘गरुड पुराण’ले प्रदर्शन मितिसँगै फस्ट लुक सार्वजनिक गरेको छ । आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई सुवास कोईरालाले निर्देशन गरेका छन् । गरुड पुराण’ को पोस्टरमा नायक नाजिर हुसेनलाई व्यान्ड मास्टरको रुपमा प्रस्तुत गरिएको छ । नाजिर सँगै पोस्टरमा कलाकारहरु कर्म, प्रविण खतिवडा, कामेश्वर चौरसिया र नव नायिका प्रियंका सिंह ठकुरी प्रस्तुत भएका छन् ।
फिल्ममा लुनिभा तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायत कलाकारको पनि अभिनय छ । पारिवारिक प्रेमकथामा आधारित गरुड पुराण मा हास्य जनारामा निमार्ण भएको छ । आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो चलचित्रको कथा कशम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् ।
रेनेशा बान्तवा राईको कोरियोग्राफी रहेको फिल्ममा कोशिस क्षेत्रीले संगीत दिएका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गर्दैछन् ।

Leave a Reply

%d bloggers like this: