Mon. May 20th, 2024

काठमाडौं। चलचित्र बुलबुल फागुन ३ गतेबाट देशभर प्रर्दशनमा आउँदै छ । यसै चलचित्रको शिर्ष गीत रिलिजको तयारीमा रहेको छ । गीत रिलिजका लागी निर्माण टिमले नयाँ शैली अपनाउने भएको छ ।
फ्ल्यास मोब शैलीमा रिलिज गरिने तयारी गरिएको गीत रिलिज गर्दा भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्न थाल्नेछन् । ‘खुद्राखुद्री’ बोलको गीतमा यहि शैलीमा राजधानी सहित पाच सहरमा एकसाथ रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ ।
भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख खर्च भएको निर्माण टिमको दाबी छ । यसै गीत कार्तिक १५ गते काठमाडौंको काठमाडौं मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज गरिन लागेको निर्माण टिमले जानकारी दिएको छ ।
काठमाडौंको काठमाडौं मल अगाडि दिनको ३ बजे नायिका स्वस्तिमा खड्का र नायक मुकुन भुसालले पनि अरुसँगै नाच्नेछन् भने काठमाडौं बाहिर स्वयमसेवकले नाच्नेछन् ।
विनोद पौडेको निर्देशन गरेकाे चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुसाल, बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा स्वस्तिमा एक टेम्पो चालक युवतीको भूमिकामा देखिएकी छिन् ।

Leave a Reply

%d bloggers like this: