Mon. May 20th, 2024

काठमाडाैं।
संचारकर्मी तथा गायक सन्दिप परियारकोे नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘भाग्य ठुलो’ बोलको लोक गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो ।
नेपालको चर्चित रियालिटि सो, द भोइस अफ नेपालको ब्याटल राउण्ड सम्म पुग्न सफल सन्दिपले आफ्नै अभिनय, निर्देशन र स्वरमा उक्त गीत ल्याएका हुन् । भिडियाेमा स्वयम सन्दिप परियार र अस्मिता विश्वकर्माको अभिनय रहेको छ ।
गायिका भावना अर्याल र सन्दिप परियारको आवाज रहेको गीतमा श्रीलाल गुरुङको शब्द साथै सन्दिपकै संगीत रहेको छ । गायक परियारकै निर्देशनमा बनेको भिडियोलाई शक्तिप्रज्जवल घिमिरेले छायांकन र सम्पादन गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: