Sun. May 19th, 2024

चलचित्र ‘झमक बहादुर’को नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ । साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘मृग नयनी तिम्रो आँखामा’बोलको गीत सार्वजनिक भएको हो । चलचित्रका मुख्य कलाकार मिनकुमार तामाङ र सुजाता थापाको अभिनय रहेको गीतमा गायिका मेलिना राई र ओम सुनारको स्वर रहेको छ । सार्वजनिक गीतमा तीर्थ दामलीको शब्द रहेको छ ।
भोमन कटुवालको निर्देशन रहेको चलचित्र ‘झमक बहादुर’मा अनुप विक्रम शाही, यादव देवकोटा, राजु कमेडी, मीन कुमार तामाङ, सुजाता थापा, कल्याण अधिकारी, रवि महर्जन लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई मीन कुमार तामाङले निर्माण गरेका हुन् । चितवन, पोखरा र काठमाडौँमा छायाङ्कन गरिएको चलचित्रमा जीवन थापाको नृत्य निर्देशन, पवन गौतमको छायाङ्कन, अनिल महर्जनको सम्पादन, राजु किरातको एक्सन रहेको छ ।

Leave a Reply

%d bloggers like this: