Fri. May 3rd, 2024

सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ ले यतिबेला घरेलू बजारमा पैसाको वर्षात गरिरहेको छ । फिल्म पहिलो हप्तामा नै २ सय क्लबमा इन्ट्री भएको छ । २९ जूनमा रिलिज भएको फिल्मले प्रदर्शनको ७ दिनमा २०२. ५१ करोडको आँकडा पार गरेको छ ।
फिल्मले कमाईको मामलामा बलिउडका कयौं बल्कबस्टर फिल्मलाई समेत मात ख्वाएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै फिल्मको १ हप्ते बक्सअफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छन् ।
‘सञ्जू’ ले शुक्रवार ३४.७५ करोड, शनिवार ३८.६० करोड, आइतवार ४६.७१ करोड, सोमवार २५.३५ करोड, मंगलवार २२.१० करोड, बुधवार १८.९० करोड र बिहीवार १६.१० करोडको कलेक्सन गर्दै भारतमा कूल २०२.५१ करोड कमाएको छ ।

Leave a Reply

%d bloggers like this: