Mon. May 6th, 2024

काठमाडाैं ।
श्रावण ११ गते रिलीज हुने नेपाली चलचित्र ‘चि मुसी चि’को अडियो जुकबक्स रिलीज भएको छ । यो चलचित्रमा पाँचवटा गीत रहेका छन् । जुकबक्समा पाँचवटै गीत सोमवार यूट्युब मार्फत उक्त गीत रिलीज गरिएको हो । ‘आउ आज’, ‘चि मुसी चि’, ‘सानो सानो कुरा’, ‘तिमीले माग्छौ भने’ र ‘हाँस्दा हाँस्दै’ बोलका गीत चलचित्रमा समावेश गरिएको छ ।
‘चि मुसी चि’ गीतमा सन्तोष पोखरेलका शब्द तथा करण राज कार्कीको संगीत र सुजाता पाण्डेको स्वर रहेको छ । ‘सानो सानो कुरा’ गीतमा सुरज अधिकारीको शब्द-संगीत तथा तारा प्रकाश लिम्बुको स्वर छ । ‘तिमीले माग्छौ भने’ बोलको गीतमा सुरज अधिकारीकै शब्द-संगीत छ भने अञ्जु पन्त र यूवराज चौलागाईँको स्वर रहेको छ । ‘आउ आज’ गीतमा शब्द तथा संगीत सुरज अधिकारीको रहेको छ भने अलमोडाले स्वर दिएका छन् । ‘हाँस्दा हाँस्दै’ गीतमा रेगन क्षेत्रीको शब्द-संगीत तथा शारिका घिमिरेको स्वर रहेको छ । यि मध्ये ‘चि मुसी चि’ र ‘तिमीले माग्छौ भने’ बोलका गीतको भिडियो यसअघि नै सार्वजनिक भईसकेका छन् ।
म्यूजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।
सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

Leave a Reply

%d bloggers like this: