Sun. May 5th, 2024

काठमाडाैं । 
अभिनेता सबिन श्रेष्ठ भोजपुरी चलचित्र ‘नमस्ते लन्डन’मा अनुबन्धित भएका छन् । ‘निरहुवा चलल लन्डन’बाट भोजपुरी चलचित्रमा डेव्यु गरेका  सबिनको नमस्ते लडण्न दोस्रो भोजपुरी चलचित्र हो । चलचित्रको गत शनिवार मुम्बईमा एक कार्यक्रम बिच औपचारिक निर्माण घोषणा गरिएको सबिनले जानकारी दिए । चलचित्रलाई ‘निरहुवा चलल लन्डन’का निर्माता सोनु खत्रीले निर्माण गर्नेछन् । त्यस्तै चलचित्रको निर्देशन ‘निरहुवा चलल लन्डन’का निर्देशक चन्द्र पन्तले गर्दैछन् । नेपाली सिनेनगरीमा  द्वन्द निर्देशनको रूपमा चन्द्र चर्चित छन् ।
चलचित्र नमस्ते लन्डनमा सबिनको साथमा भोजपुरी स्टार प्रदिप पाण्डे, क्रिटिना, सोनालिका प्रसाद, अमित शुक्ला, देव सिंह लगायतका कलाकारको अभिनय रहने छ । एक्सन लभस्टारी जनरामा बन्न लागेको चलचित्रलाई लालजी यादवले लेखेका हुन् ।
हाल सबिन यसै चलचित्रका लागी आफ्नो शरीर बनाउन मेहनत गरिरहेका छन् । उनी अभिनित चलचित्र हिरो रिटन्र्स प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र हिरो रिटन्र्समा सबिनले अभिनेत्री रेखा थापासँग जोडी बाँधेका छन् ।

Leave a Reply

%d bloggers like this: