Sat. May 11th, 2024

मनोरंजनसंसार डटकम
चैत्र १८ गते प्रदर्शन मिति तोक्दै अगाडी बढेको चलचित्र “लाल्टिन” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “हुइसकी” बोलको उक्त गीतमा विनोद ढकाल, सोमिया बराइली र किरण माइकलको स्वर रहेको छ । गीत अहिलेको युवा पिडिको हिसाबले तयार गरिएको छ । गीतमा प्रयोग संगीतले पनि केहि नया पनको झल्को देखाएको छ । सार्वजनिक गीतमा चलचित्र भित्रका केहि तस्बिरहरुको मेल गरिएको छ ।
एम सन पिक्चर्स भानु प्रतापको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई , प्रियंका कार्की , केकी अधिकारी , अर्जुन जंग शाही , ए गुरुङ , शिशिर भण्डारी , मेलिना मानन्धर , राम केशरी बोगटी , जनक बर्तौला , भानु प्रताप , मोहन बि श्रेष्ठ , कमल आले , नविन शाह , सुनिल कटवाल , रिया श्रेष्ठ , लिला माया ,राज कटुवाल , निर्जन थापा लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रमा हरि घले लामाको छायांकन , रोशन श्रेष्ठको द्वन्द र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका छन् । यस्तै चलचित्रका निर्माता तर्फ भने अनिम श्रेष्ठ र राज केसी रहेका छन् ।
सार्वजनिक गीतले दर्शकहरुको मन जित्ने विश्वास प्रस्तोता भानु प्रतापले ब्यक्त गरेका छन् । यस्तै चलचित्रको कथा वस्तु पनि अहिलेको सामाजिक सेरोफेरोमा बुनिएको हिसाबले दर्शकहरुलाई निराश नबनाउने कुरा पनि उनले उल्लेख गरेका छन् । अहिलेको दर्शकहरुको टेस्टलाई मध्य नजर गरेर नै चलचित्रको निर्माणमा बढी ध्यान दिएको हुनाले पनि चलचित्रले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने कुरा उनले प्रष्ट पारेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: