Fri. May 3rd, 2024

मनोरंजनसंसार डटकम
सरसर्ती हेर्दा पछिल्लो समय नेपाली गीत संगीतको परिवेशमा धेरै कुराको परिवर्तन आइसकेको छ । यस्तै नेपाली गीत संगीत रुचाउने दर्शक श्रोताहरुको टेस्टमा पनि धेरै फेर बदल भईसकेको छ । यस्तै यति बेला अहिलेको दर्शक श्रोताहरुको चाहनलाई मध्य नजर गरेर गीत संगीतको निर्माण गर्नु जरुरी पनि देखिएको छ । यहि हिसाबले धेरै पुराना देखि नव कलाकारहरुको सक्रियेता यति बेला नेपाली गीत संगीतमा तिब्र रुपले बढ्न थालेको छ । अझ भन्नु पर्दा पुराना भन्दा नव कलाकारहरुले आफ्नो उपस्थिति नेपाली गीत संगीतमा अधिक जनाईरहेका छन् । देशको त छदै छ त्यस बाहेक बिदेशमा रहेका हाम्रा नेपाली नव युवा कलाकारहरु पनि जमेर नेपाली गीत संगीतमा आफ्नो नया अनि बेग्लै प्रस्तुतिको साथमा अगाडी बढ्ने तरखरमा रहेका छन् । यस्तै एक गायक हुन् तुल साम्सोहाङ राई ।
tul-samsuhang-rai
tul-samsuhang-rai
उनि बिगत लामो समय देखि अमेरिका बसोबास गर्दै आइरहेका छन् तर उनले नेपाली गीत संगीत प्रतिको माया मोहलाई भने अलिकति पनि भुलाउन सकेका छैनन् । सानै देखिको उनको नेपाली गीत संगीतको उनको चाहनालाई उनले अहिले धेरै मेहेनत र साधना पछि सहि रुप दिने प्रयास गरिरहेका छन् । यति बेला उनि आफ्नो नया एल्बम बाहिर लिएर आउने तयारीमा जुटेका छन् । उनले आफ्नो एल्बमको लागि धमाधम गीतहरु रेकर्डिङ गराईरहेका छन् । यहि बिचमा उनले भर्खरै मात्र आफ्नो एल्बममा समावेश “गोर्खे सलाम” बोलको गीतको रेकर्डिङ कार्य समाप्त पारेका छन् । देशभक्तको भावना बोकेको उक्त गीतमा शब्द संगीत टंक बुढाथोकीको रहेको छ भने गीतमा स्वर स्वयम गायक तुल साम्सोहाङ राईले नै भरेका छन् । उनको यस गीतको रेकर्डिङ कार्य भने मिस्सौरी स्टेट स्थित सक सिटी स्टुडियोमा रेकर्डिष्ट रिचले गरेका हुन् । उनको यो गीत प्रत्येक नेपालीको लागि समर्पित रहेको कुरा पनि उनले प्रष्ट पारेका छन् |
tul-samsuhang-rai
tul-samsuhang-rai
tul-samsuhang-rai
उनले आफ्नो आउदै गरेको यस एल्बममा सबै खालका गीतहरु समावेश गरेका छन् । उनको अनुसार अब गीतहरुको रेकर्डिङ कार्य अन्तिम चरणमा पुगिसकेको छ । सबै बर्गको दर्शक श्रोताहरुलाई हुने गीतहरु आफुले आफ्नो एल्बममा समावेश गरेको र कोहि दर्शक श्रोता पनि निराश हुन नपर्ने विश्वास उनले ब्यक्त गरेका छन् । उनले अमेरिकामा पनि बिगत लामो समय देखि विभिन्न स्टेज कार्यक्रमहरु गरिसकेका छन् । उनको प्रस्तुतिको त्यहाँ निकै धेरै प्रशंसकहरु पनि रहेका छन् । यसै गरि उनले २०१७ को आगमन संगै अमेरिकाको ओहियो राज्यमा आयोजित कार्यक्रममा आफ्नो धमाकेदार प्रस्तुति समेत दिएका छन् । उनको प्रस्तुतिले धेरै दर्शकहरु झुमेका छन् ।
tul-samsuhang-rai
tul-samsuhang-rai
उनले अब अहिले आफ्नो एल्बमको काम निकै गतिमा गरिरहेका छन् । अब चाडै नै उनको एल्बम दर्शक श्रोता माझ बाहिर आउने छ । उनले आफ्नो पहिलो प्रयासलाई दर्शक श्रोताहरुले मनपराएर माया अनि सम्मान प्रदान गरिदिनुहुने कुरामा निकै आशा राखेका छन् । यस्तै दर्शक श्रोताहरु नै आफ्नो लागि सर्वोपरी भएको हुनाले पनि उहाहरुको सल्लहा सुझाब र साथको आफुलाई ठुलो खाँचो भएको हुनाले आफ्नो कामलाई हेरेर सधैब अगाडी बढ्नको लागि हौसला प्रदान गरिदिनुहुनको लागि दर्शक श्रोताहरुलाई उनले हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।

Leave a Reply

%d bloggers like this: