Wed. May 8th, 2024

मनोरंजनसंसार डटकम
महानायक राजेश हमाल र अभिनेत्री रेखा थापालाई चलचित्र कलाकार संघको फान अवार्डमा लोकप्रिय कलाकारको रुपमा सम्मान गरिएको छ भने युवा स्टार अनमोल केसीलाई हिरो अफ दि ईएर उपाधीसहित सम्मान गरिएको छ ।
rajesh hamal faan
एक दशक बढि समय फिल्ममा बिताएको र नेपाली फिल्म उद्योगको लागी दिएको योगदानको कदर गर्दै हमाल र रेखालाई ‘स्टार अफ ई डिकेड’को उपाधी प्रदान गरिएको हो ।
rekha thapa faan
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै जनालाई प्रमाणपत्र प्रदान गरे । २६ बर्षदेखि नेपाली फिल्म क्षेत्रमा सकृय हमाल महानायकको उपाधीबाट परिचित छन् भने रेखाले पनि दर्शकबाट सुपरस्टारको दर्जा पाईसकेकी छिन् ।
उता अनमोल पछिल्लो पुस्ताका सुपरस्टार हुन् । पछिल्लो समय स्टारडम भएका एक मात्र हिरो दर्शकमाझ अनमोल निकै लोकप्रिय छन् । त्यसो त यो कार्यक्रमले बर्षौपछि हमाल र रेखालाई एकै स्टेजमा उभ्याउन समेत सफल भएको छ भने अनमोल, हमाल र रेखाले स्टेज सेयर गरेको पनि संभवत पहिलो हो ।
तीन पुस्ताको प्रतिनिधित्व गर्ने तीन स्टारले सम्मान पाउँदा दर्शक तथा उपस्थित सबैले ताली र हुटिङ दिएका थिए । पछिल्ला धेरै अवार्ड बहिष्कार गरेकी रेखाले कलाकार संघलाई आफ्नो घर भन्दै संघको अवार्डमा उपस्थित भएको जिकिर गरिन् ।

%d bloggers like this: