Tue. May 7th, 2024

मनोरंजनसंसार डटकम
बलिउडमा फरक धारको फिल्म निर्माण गरिरहेका अनुराग कश्यपले आफूले ‘सुल्तान’ र ‘ढिसुम’ जस्ता बनाउन नसक्ने बताएका छन् । आफ्नो नयाँ फिल्म ‘रमन राघव २.०’को गीत सार्वजनिक गर्ने कार्यक्रममा उनले आफ्ना सबै फिल्म व्यवसायीक भएको पनि बताए ।
‘ब्ल्याक फ्राइडे’, ‘देव डी’ र ‘ग्यांग्स अफ वासेपुर’जस्ता फिल्मका निर्देशक अनुरागको पछिल्लो बिग बजेट फिल्म ‘बम्बे भेल्भेट’ बक्स अफिसमा असफल भएको थियो ।
‘मैले बनाउने फिल्ममा बलिउडी सुत्र नहोला तर यी सबै व्यवसायीक फिल्म हुन्,’ उनले भने । सुल्तान र ढिसुम दुवै फिल्मका ट्रेलर आफूले हेरेको र मन पनि परेको भन्दै उनले भने, ‘तर, म यस्ता फिल्म बनाउन चाहिँ सक्दिनँ ।’
ठूलो बजेटको ‘बम्बै भेल्भेट’ आफ्ना लागि टाइटानिक जस्तो ठूलो पानी जहाज भएको बताउँदै उनले ‘रमन राघव’ सानो डुंगा भएको बताए । रमन राघवमा नवाजुद्दिन सिद्दकी र विकी कौसलले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

%d bloggers like this: