Fri. May 17th, 2024

मनोरंजनसंसार डटकम
युरोपको धेरै ठाउँहरुमा छायांकनरत चलचित्र “लप्पन चप्पन” अहिले स्वित्ज़ेर्लैंड पुगेको छ | चलचित्रमा सौगात मल्ल,दयाहंग राई,अर्पण थापा,वर्षा सिवाकोटी,श्याम श्रेष्ठ लगाएतका कलाकार छन् भने देबु श्रेष्ठ पनि यस चलचित्रमा थपिएका छन् | यसै चलचित्रमा हॉलीवुड कलाकार अलेक्सजेन्डर रजुनोमको पनि अभिनय रहेको छ |
चलचित्रलाई मुकुन्द श्रेष्ठले निर्माण गरिरहेका छन् भने चलचित्रका छायाँकार भने पुरुषोत्तम प्रधान हुन् | चलचित्रमा चन्द्र पन्तको द्वन्द निर्देशन रहेको छ भने दिपक आरजेको संगीत रहेको छ | चलचित्रका निर्माता डम्बर बहादुर चन्द,सह निर्माता इन्द्र प्रसाद खरेल,कार्यकारी निर्माता सहदेव गौतम र प्रस्तुतकर्ता जानुका कंडेल रहेकी छिन् | एक्शन थ्रिलर बनाइएको यो चलचित्रमा अभिनय गरि यसका अभिनेता सौगात मल्ल नेपाल फर्किएका छन् | चलचित्रको लेखन निर्देशन मुकुन्द भट्टकै रहेको यस चलचित्रले आधा भन्दा बढी छायांकन सकाईसकेको छ |
चलचित्र निकै नै राम्रो बन्ने कुरामा निर्माण टिम बिस्वस्त रहेका छन् | चलचित्रका बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिएका छन् |

%d bloggers like this: