Fri. May 10th, 2024

Photo:google.com
Photo:google.com

गत माघ २१ गते प्रदर्शनमा आएको भुवन केसी निर्देशित चलचित्र ‘ड्रिम्स’ पनि पाईरेसी भएको खबर एक अनलाईनले लेखेको छ । उक्त अनलाईनका अनुसार पाईरेसी फिल्म भाईरल बनेको छ ।
images
पाईरेसी भए पनि फिल्म सामाजिक सन्जालमा भने आएका छैनन् । तर,बिशेष गरी मोबाल तथा सिडी पसलबाट फिल्म डाईरेक्ट डिभीडी,सिडी,पेन ड्राईभ र मेमोरी कार्डमा बिक्री हुदै आएको छ ।
Dreams-Nepali-Movie
यस अघि पनि सफल चलचित्रदय ‘पशुपती प्रसाद’ र ‘प्रेम गीत’ पाईरेसी भएका थिए । चलचित्र ‘ड्रिम्स’का निर्माता तथा निर्देशक भुबन केसी र नायक अनमोल केसी गत महिना देखि नै बिदेशमा फिल्मको शो गर्दै हिडेका छन् । भुबनले छिट्टै अभरसिजमा फिल्म शो गरेकाले पाईरेसी बाट खासै असर पर्ने देखिदैन ।
hqdefault
तर,जती देशमा हुन बाकी छ ती देशहरुका लागि भने ब्यापारिक रुपले निश्चित रुपमा असर हुने देखिन्छ । यस चलचित्रमा अनमोल संग नयाँ अनुहार सामज्ञी शाह मुख्य भुमिकामा छिन् । चलचित्र पाईरेसी बारे निर्माण पक्षले अहिले सम्म कुनै आधिकारी जानकारी गराएको छैन ।

%d bloggers like this: