Sun. May 5th, 2024

rolpa rog baisakh 24
बैशाख २४ गते प्रर्दशनमा आउने सिनेमा ‘रोल्पा रोग’ अष्ट्रेलिया पनि शो हुने भएको छ । यो सिनेमा आगामी जुन ४ शनिबार अष्ट्रेलियाको सिड्नीमा बिशेष शो हुन लागेको हो । सिड्नीको Civic theater 14 macmahon street, hurstville, nsw, 2220 मा यो सिनेमाको शो हुनेछ ।
माया इभेन्टको सहकार्यमा नमस्ते इन्टरटेन्टमेन्टले अष्ट्रेलियाले उक्त शोको ब्यवस्था मिलाएको हो । सिनेमा हेर्न चाहने अष्ट्रेलियाका हरेक दर्शकका लागि २० डलरको टिकटको ब्यवस्था गरिएको छ, जुन हाल बुकिंग सुरु गरिसकिएको छ । उक्त प्रर्दशन बाट उठेको रकम ट्युमर बिरामी अशोक श्रेष्ठको उपचारका लागि सहयोग गरिने सिनेमाका निर्देशक दिपक वलीले जानकारी गराएका छन ।
नेपाल रिलिज मिति नजिकिदै गर्दा अन्य देशमा समेत शो हरुको लागी प्रस्ताव आएको र केहि देशमा बिक्रि समेत भएको निर्देशक वलीको बताएका छन ।
सिनेमाले जनयुद्ध ताका रोल्पामा घटेका बिभिन्न घटनाहरु बाट त्यहाका युवाहरुमा परेको असरको कथा भन्छ जसमा संचारकर्मी शिशिर भण्डारी, कुलदिप अधिकारी, जनक घर्तीमगर, बिनु खड्का, सुशील पोखरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
सिनेमालाई निर्मला वलीको प्रस्तुतीमा थलबहादुर वलीले निर्माण गरेका हुन ।
एकपटक हेर्नुहोस ट्रेलर :

%d bloggers like this: