Sat. May 11th, 2024

सोमवार राजधानीमा एक कार्यक्रमका बीच फिल्म ‘लभ डायरीज’ को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ‘छम छम’ बोलको गीतमा फिल्मका अभिनेता सुशील र नव-अभिनेत्री रुबिना थापासँगै ‘ट्वीन्स गर्ल’ प्रिष्मा खतिवडा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन् । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा दुर्गा खरेल र सुरेश लामाको स्वर छ । गीतको अन्तिममा चर्चित बाल गायिका कमला घिमिरेले गाएको लोकदोहोरीको केही अंश पनि समावेश गरिएको छ । गीतका कोरियोग्राफर प्रविन सिंह हुन् ।

फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा साहिल खान, मिलन श्रेष्ठको सम्पादन र सञ्जय लामाको छायांकन रहेको छ । विनोद सापकोटाको मुख्य लगानी रहेको फिल्ममा सरोज तुलाधर निर्माताको रुपमा छन् । आउदो फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेकोफिल्म सौरभ चौधरीले निर्देशन गरेका हुन् ।

merofilm.com

Leave a Reply

%d bloggers like this: