
तीन दिनमै ‘कबड्डी ४’को व्यापार ८ करोड माथि
काठमाडाैँ। गत शुक्रबारदेखि रिलिज भएको फिल्म ‘कबड्डी ४’ ले ८.५ करोडको व्यापार गरेको छ । सोमबारसम्ममा फिल्मले ८ करोड ५० लाखको व्यापार गरेको निर्माण पक्षले जानकारी दिएको छ । सुरूवातदेखि नै हाउसफुल प्रदर्शन भइरहेको यस फिल्मको उक्त गति अझै कायम छ । फिल्मले नेपालमा अहिलेसम्म हलिउड र बलिउडले पनि नपाएको शो पाउँदै रेकर्ड बनाएको छ…