Fri. May 3rd, 2024

बाँके । नेकपा एमालेको लालकिल्ला भनेर चिनिएको बाँकेको बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसले झण्डा फहराएको छ । ३० वर्षपछि एमालेको किल्लामा ऐतिहासिक जित्दै झण्डा फहराएको हो ।

बाँकेको बैजनाथ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदका उम्मेदवार प्रकाशबहादुर शाहीले एमालेका घननाथ खनाललाई पछि पार्दै १२ हजार १८० मत ल्याएर विजयी भएको जानकी गाउँपालिकाको निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्दी खनालले १० हजार ३८२ मत पाउँदा नेकपा (माओवादी केन्द्र)का दीपेन्द्रबहादुर शाहले पाँच हजार २१४ मत पाएका थिए ।

उपाध्यक्षमा कांग्रेसकी निर्मला रोकायले एमालेकी प्रेमपूर्ण योगीलाई पछि पार्दै १२ हजार १५२ मत ल्याएर निर्वाचित भएकी छन् । योगीले दश हजार ७३३ मत ल्याउदा नेकपा (एकीकृत समाजवादी)का टङ्करनाथ योगीले चार हजार १० मत ल्याएका थिए । आठ वडा रहेको सो गाउँपालिकामा कांग्रेसले चार, एमालेले दुई र माओवादी केन्द्रले दुई वडा जीतेको थियो । अहिलेसम्म नेपागञ्ज उपमहानगरपालिकासहित पाँच पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अझै दुई पालिकाको मत परिणाम सार्वजनिक हुन बाँकी छ । जिल्लामा आठ स्थानीय तह छन् ।

अध्यक्षमा निर्वाचित शाही समाजसेवी र स्वच्छ चरित्र भएका व्यक्तिको रूपमा चिनिन्छन् ।

त्यस्तै, उपाध्यक्षमा निर्वाचित भएकी रोकायाले विज्ञप्ती जारी गर्दै भनेकी छन्, ‘सम्पूर्ण बैजनाथबासीले यसपाली बैजनाथकाे मुहार फेर्नका लागि जनमत नेपाली कांग्रेसलाई दिनुभएकाे छ । एमालेकाे लालाकिल्ला भनेर चिनिने बैजनाथमा कांग्रेसले ३० बर्षपछि आफ्नो चारतारे झण्डा फहराएकाे छ । जनसंख्याकाे हिसावले नेपालकै ठूलाे पालिका भए पनि विकासका रूपले पिछडिएको पालिकाका रूपमा चिनिन्छ ।
बैजनाथका जनताले दिएकाे जनमतकाे कदर गर्दै जनअपेक्षा स्वरूप काम गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु ।’

Leave a Reply

%d bloggers like this: