Thu. Apr 25th, 2024

काठमाडाैँ । फिल्म कबड्डी ४को प्रदर्शन सुरू भएको छ । आजबाट नेपाल लगायत विश्वका धेरै देशहरूमा बहुप्रतिक्षित फिल्म कबड्डी ४को ऐतिहासिक ओपनिङ भएको हो । फिल्म नेपालमा मात्रै नभएर जापान, अष्ट्रेलिया, अमेरिका र भारत लगायत नेपालीहरूको बसोबास भएका लगभग सबै मुलुकमा रिलिज भएको छ ।

फिल्मले नेपालमा अहिलेसम्म हलिउड र बलिउडले पनि नपाएको शो पाउँदै रेकर्ड बनाएको छ । फिल्मले नेपाली बक्स अफिसका बिग मुभिजमा १७ शो पाउँदा एफक्युब मुभिजमा पनि १७ वटा नै शो पाएको छ भने वान सिनेमामा १४ शो ।

त्यस्तै, नेपालमा लोकप्रीय फिल्म थिएटर क्युएफएक्समा ९८ शो पाएको छ । क्युएफएक्समा यति धेरै शो हलिउड र बलिउड कुनै पनि फिल्मले पाउन सकेका थिएनन् । अब भने यो रेकर्ड नेपाली फिल्मको नाममा लेखिएको छ ।

अहिले देशभरका हलहरूमा फिल्म हाउसफुल प्रदर्शन भइरहेको छ । बुकिङ ओपन भएको दिननै लगभग सबै हलहरूमा टिकट बुक भएका थिए । अहिले दर्शकहरू टिकटका लागि अनलाइनमै पालो कुरिरहेका छन् ।

राम्रो कथा, अब्बल निर्देशन र कलाकारहरूको तारिफयोग्य कलाको संयोजन भएमा नेपाली फिल्महरू पनि विदेशी भन्दा केही कम छैनन् भन्ने सन्देश यो फिल्मले दिएको छ । यसभन्दा अघिका तीन सिक्वेल पनि नेपाली फिल्म इन्डस्ट्रीका सफल चलचित्रहरू हुन् ।

कबड्डीको अन्तिम सिक्वेलमा दयाहाङ राई, बुद्दि तामाङ, अभिनेत्री मिरुना मगर, अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको छ । यो फिल्मको निर्देशन रामबाबु गुरुङले गरेका हुन् ।

 

Leave a Reply

%d bloggers like this: