Thu. Apr 18th, 2024

काठमाडाैँ । रेकर्ड ब्रेकिङ अोपनिङ गरेको फिल्म कबड्डी ४ ले शानदार व्यापार सुरू गरेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन नै तीन करोडभन्दा बढीको व्यापार गरेको वितरकले बताएका छन् ।

उपत्यकाका लागि यस फिल्मका वितरक गोविन्द शाहीले नेपाली फिल्मले एकै दिन तीन करोडभन्दा बढीको व्यापार गरेर ठूलो रेकर्ड कायम गरेको बताएका छन् ।

‘नेपालको फिल्म इतिहासमा यस्तो व्यापार यसअघि कुनै फिल्मले गरेकै थिएन । पहिलो दिन न हलिउडले गरेको छ न बलिउडले । कबड्डीले त यसपालि इतिहास रच्यो,’ शाहीले भने ।

फिल्मले नेपालमा अहिलेसम्म हलिउड र बलिउडले पनि नपाएको शो पाउँदै रेकर्ड बनाएको छ । फिल्मले नेपाली बक्स अफिसका बिग मुभिजमा १७ शो पाउँदा एफक्युब मुभिजमा पनि १७ वटा नै शो पाएको छ भने वान सिनेमामा १४ शो ।

त्यस्तै, नेपालमा लोकप्रीय फिल्म थिएटर क्युएफएक्समा ९८ शो पाएको छ । क्युएफएक्समा यति धेरै शो हलिउड र बलिउड कुनै पनि फिल्मले पाउन सकेका थिएनन् । अब भने यो रेकर्ड नेपाली फिल्मको नाममा लेखिएको छ ।

शुक्रबार हरेक हलमा फिल्मको हाउसफुल प्रदर्शन भएको छ भने शनिबारसम्म पनि यो लय कायम रहने निश्चित छ ।

राम्रो कथा, अब्बल निर्देशन र कलाकारहरूको तारिफयोग्य कलाको संयोजन भएमा नेपाली फिल्महरू पनि विदेशी भन्दा केही कम छैनन् भन्ने सन्देश यो फिल्मले दिएको छ । यसभन्दा अघिका तीन सिक्वेल पनि नेपाली फिल्म इन्डस्ट्रीका सफल चलचित्रहरू हुन् ।

Leave a Reply

%d bloggers like this: