Thu. Apr 18th, 2024

काठमाडाैँ । फिल्म कबड्डी-४ को टिकट बुकिङ सुरू भएको छ । सोमबारबाट देशैभरका फिल्म हलका लागि टिकटको अग्रिम  बुकिङ सुरू भएको हो ।

आगामी शुक्रबार अर्थात् जेठ १३ गतेबाट यो फिल्म देशभर रिलिज हुँदैछ । यो फिल्मका तीन सिक्वेलले व्यापाक व्यापार गरेसँगै चाैथो सिक्वेलका लागि दर्शकहरूले व्यग्र प्रतिक्षा गरिरहेका छन् ।

फिल्मको बुकिङ सुरू भएको दिन नै लगभग सबै सिटहरू बुक भइसकेका छन् । यो अनुसार यस फिल्मले ठूलो सफलता पाउने अनुमान गर्न सकिन्छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा विशाल गुरुङ एलजी, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियारले सयुक्तरूपमा लगानी गरेका छन् ।

आगामी जेठ १३ गते रिलिजको तयारीमा रहेको चलचित्रमा बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, जयनन्द लामा, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

 

Leave a Reply

%d bloggers like this: