Sat. May 18th, 2024

 काठमाडाैँ । प्रदर्शनको मिति नजिकिएसँगै ‘कबड्डी ४’को टोली प्रचारप्रसारको दाैडधुपमा लागेको छ ।

देशका प्रमुख शहरहरूमा यस फिल्मको कन्सर्टसहित प्रचार हुने भएको छ । सोमबार दमकदेखि सुरु भएको प्रचार यात्रा इटहरी, चितवन, बुटवल, पोखरा हुँदै काठमाडौंसम्म आइपुग्ने भएको छ । दमकमा गरिएको कन्सर्टमा फ्यानहरूको ठूलो उपस्थिति देखिएको थियो ।

देशमा चुनावको नतिजा सार्वजनिक भइरहेको अवस्थामा पनि कन्सर्टमा समर्थकहरूको ठूलो उपस्थिति रहेको थियो ।

फिल्म जेठ १३ गते प्रदर्शन तयारीमा छ । रिलिज लगत्तै नेपालगञ्ज लगायतको पश्चिम नेपाल यात्रा सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ ।

कबड्डीको यो दौडाहामा कलाकारहरु दयाहाङ राई, विजय बराल, मिरुना मगर, बुद्धि तामाङ, लेखक उपेन्द्र सुब्बा र निर्माता पोखरेल सहभागी छन् । छायांकन भैरहेको फिल्म ‘के घर के डेरा’बाट समय मिलाएर दयाहाङ कबड्डी प्रचारमा निस्किएका हुन् ।

कबड्डी ४ ले रिलिज अगावै विदेश र डिजिटल राइटमार्फत लगानी सुनिश्चित गरिसकेको छ । यसै फिल्मका अघिल्ला सिरिजहरूले बक्स अफिसमा लोभलाग्दो व्यापार गरिसकेका छन् ।

Leave a Reply

%d bloggers like this: