Sat. Apr 27th, 2024

काठमाडाैँ। गत शुक्रबारदेखि रिलिज भएको फिल्म ‘कबड्डी ४’ ले ८.५ करोडको व्यापार गरेको छ । सोमबारसम्ममा फिल्मले ८ करोड ५० लाखको व्यापार गरेको निर्माण पक्षले जानकारी दिएको छ ।

सुरूवातदेखि नै हाउसफुल प्रदर्शन भइरहेको यस फिल्मको उक्त गति अझै कायम छ ।

फिल्मले नेपालमा अहिलेसम्म हलिउड र बलिउडले पनि नपाएको शो पाउँदै रेकर्ड बनाएको छ । फिल्मले नेपाली बक्स अफिसका बिग मुभिजमा १७ शो पाउँदा एफक्युब मुभिजमा पनि १७ वटा नै शो पाएको छ भने वान सिनेमामा १४ शो ।

त्यस्तै, नेपालमा लोकप्रीय फिल्म थिएटर क्युएफएक्समा ९८ शो पाएको छ । क्युएफएक्समा यति धेरै शो हलिउड र बलिउड कुनै पनि फिल्मले पाउन सकेका थिएनन् । अब भने यो रेकर्ड नेपाली फिल्मको नाममा लेखिएको छ ।

शुक्रबार हरेक हलमा फिल्मको हाउसफुल प्रदर्शन भएको छ भने शनिबारसम्म पनि यो लय कायम रहने निश्चित छ ।

राम्रो कथा, अब्बल निर्देशन र कलाकारहरूको तारिफयोग्य कलाको संयोजन भएमा नेपाली फिल्महरू पनि विदेशी भन्दा केही कम छैनन् भन्ने सन्देश यो फिल्मले दिएको छ । यसभन्दा अघिका तीन सिक्वेल पनि नेपाली फिल्म इन्डस्ट्रीका सफल चलचित्रहरू हुन् ।

Leave a Reply

%d bloggers like this: