‘रेखाको फिल्म सुटिङमा बिजोगै बिजोग’(प्रेस विज्ञप्तीसहित)
अभिनेत्री रेखा थापाले निर्देशक श्याम भट्टराई बिरामी भएर काठमाडौं फर्केको भनेर फैलाएको खबर झुटो भएको छ । श्यामले बिरामी नभएर रेखाको महत्वकांक्षा, दबाब र न्युनतम लगानीमा फिल्म बनाउने इच्छाका कारण बाहिरिएको बताएका छन् । उनले प्रेस बिज्ञप्तिमार्फत भनेका छन्, ‘सुटिङ युनिटलाई खाने र बस्ने ब्यबस्था पनि राम्रो छैन । प्राबिधिकको शरिरमा घाउ छन् । ती सबैले देख्नेछन् ।’