Thu. Mar 28th, 2024

काठमाडौं, फागुन २८ । अभिनेता आर्यन सिग्देलद्वारा निर्मित ‘नोभेम्बर रेन’ युनिटले देशैभरका विभिन्न स्थानमा होलीको आयोजना गर्ने भएको छ । निर्देशक दिनेश राउतले मनोरन्जनसंसारलाई दिएको जानकारी अनुसार फिल्म नोभेम्बर रेन युनिटले धरान, दमक, पोखरा, हेटांैडा, धनगढी, नारायघाट आदि स्थानमा होली मनाउने भएको छ ।
काठमाण्डौमा भने चैत्र १ गते नै होली खेल्ने भएको छ । फिल्मका कलाकार, अन्य कलाकार, पत्रकार लगायत बिशेÈ ब्यक्तित्वहरुको सहभागिता जनाउने बताइएको छ । काठमाडौं बाहिर भने २ र ३ गते होलीको कार्यक्रम आयोजना हुनेछ ।
आफ्नो फिल्मको प्रचार गर्न मात्र नभई देशकै महान् पर्ब होली हर्सोल्लासका साथ मनाउन अनि कार्यक्रमको आयोजना गरिएको निर्देशक राउतले बताए।
केही वर्षको अन्तरालपछि नायक आर्यन अनि नायिका नम्रता श्रेष्ठ एकसाथ देखिदैछन् । यसअघि फिल्म ‘मेरो एउटा साथी छ’ जोडिका रुपमा देखिएका थिए । फिल्म आगामी चैत्र १४ देखि देशब्यापी रिलिज हुँदैछ ।
त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा आर्यन, नम्रताका साथै गायक धीरज राई पत्नी छुल्ठिम गुरुङ पनि मुख्य भूमिकामा देखिदैछिन । फिल्म सुबास गिरीले निर्माण गरेका हुन् ।

%d bloggers like this: