‘मनले मनलाई छुन्छ’ कि छुदैन ?

चलचित्र ‘मनले मनलाई छुन्छ’ आउँदो शुक्रबारबाट देशभर एकसाथ रिलिज हुँदैछ । यो चलचित्र निर्माणपक्षका लागि मात्र नभइ दर्शकका लागि पनि विशेष मानिएको छ । ‘मनले मनलाई छुन्छ’ निर्देशक स्वं शिव रेग्मीको अन्तिम चलचित्र हो । नेपाली चलचित्र क्षेत्रमा फरक पहिचान बनाएका स्वं रेग्मी सयंमले पनि भनेका थिए, ‘मनले मनलाई छुन्छ’ मेरो आशालाग्दो चलचित्र हो ।’ ‘सुख दुःख’, ‘आफ्नो मान्छे’जस्ता ब्लकबस्टर नेपाली चलचित्र क्षेत्रलाई दिएका रेग्मीको अन्तिम कृति भएकाले पनि यो दर्शकका लागि विशेष चलचित्र भएको निर्मातासमेत रहेका अभिनेता विरेन श्रेष्ठ बताउँछन् ।

Read More

गर्जियस अटायर फेसन सो : बिरालो चालमा १६ मोडल

दिन ढल्किँदै जाँदा शनिबार बालकुमारीस्थित १९९९ एडी पार्टी प्यालेसमा फेसन पारखीको जमघट बढ्दै थियो । साँझ ७ बजे बत्तीको प्रकाशसँगै साडीमा मोडलहरू ¥याम्पमा निस्केपछि सुरु भएको माहोल करिब ४ घन्टा फेसनमय भएको थियो । उक्त अवसर गजिर्यस इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘जिआइएफटी’ र १९९९ एडी पार्टी प्यालेसले जुराएको थियो । see more

Read More

अनिस्तालाई ‘मिस मंगोल नेपाल २०१४’को ताज

अनिस्तालाई ‘मिस मंगोल नेपाल २०१४’को ताज
एक्सन इन्टरटेनमेन्टको आयोजनामा कमलादी स्थित प्रज्ञा–प्रतिस्ठानमा शनिबार ‘मिस मंगोल नेपाल २०१४’ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा जाउलाखेलकि २२ वर्षीया अनिस्ता गुरुङले ‘मिस मंगोल २०१४’ उपाधि चुमेकी छिन् । विगत पाच वर्ष अगाडी देखी निरन्तर हुदै आएको प्रतियोगीताको छैटौ संस्करणमा अनिस्ताले आफ्ना २५ प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै एक लाख रुपैया नगद सहित मिस मंगोल नेपाल २०१४को ताज जितेकी हुन् । उनिलाई पुर्व मिस मंगोल नेपाल २०१३ बिजेता मुस्कान लिम्वुले ताज पहिराई दिएकी थिइन् ।

Read More

सुटिङ छाडेर भोट माग्दै राखी

बलिउडकी ‘बोल्ड’ अभिनेत्री राखी सावन्तले सुटिङका सबै काम छाडेकी छन् । अरु दिन फिल्मका कुरा गरेर नथाक्ने राखी हिजोआज राजनीति कुरा गर्छिन् अनि आफ्ना फिल्मका दर्शकलाई भन्न थालेकी छन्, ‘मलाई एक भोट दिनुस् है ।’ भारतको आसन्न लोकसभा चुनावमा ‘राष्ट्रिय आम पार्टी’को तर्फबाट उम्मेदवारी दिएपछि राखीको दिनर्चा फेरिएको हो ।
अभिनेत्री राखीले केही दिनअघि मात्र उम्मेदवारी घोषणा गरेकी हुन् । उनी मुम्बईको उत्तर–पश्चिम क्षेत्रबाट लोकसभा चुनावमा उम्मेदवारी दर्ता गराएकी छन् ।

Read More

गोल गर्लिन् त ? वल्र्ड कपमा लभ्ली

हास्य अभिनेत्री संगम राई ‘लभ्ली’ ‘वल्र्ड कप’ मा देखिँदै छिन् । वल्र्ड कपमा उनले गोल गर्लिन् वा के गछिन् त्यो भने १२ वैशाखपछि थाहा हुनेछ । चलचित्र ‘वल्र्ड कप इन नेपाल’ मा मुख्य भूमिमा देखिन लागेकी संगम भन्छिन्, ‘दर्शकको साथ पाएँ भनँे गोल हान्न सफल हुनेछु ।’ काँचका पर्दामा जमेकी उनी ठूलो पर्दामा पहिलोपटक ‘हिरोइन’ का रूपमा देखिन लागेकी हुन् । प्रकाश थापा निर्मित ‘वल्र्ड कप इन नेपाल’ १२ वैशाखबाट सार्वजनिक हुँदै छ । त्यसपछि नै संगमको बल ‘हिरोइन’ पोस्टमा गोल छिर्छ/छिर्दैन थाहा हुनेछ ।

Read More

चुम्बन गर्दा एमा घाइते

‘ह्यारी पोटर’ अभिनेत्री एमा वोट्सनलाई एक फिल्ममा किसिङ सीन दिनेक्रममा ओठमा चोट लागेर घाइते भएकी छन् । एमाको ओठबाट रगत बग्न थालेपछि सुटिङ रोकिएको थियो । फिल्म ‘नोअ’ को लस एन्जलसमा एमा र डगलस बुथसँग एक कामुक सिनको सुटिङ भइरहेको थियो तर पटक–पटक रि–टेक गर्नुपर्दा ओठमा चोट लागेको बताइएको छ ।

Read More

प्रियंकासँग ५ जना मोडलको ‘बबाल भो’

अभिनेत्री प्रियंका कार्कीसँग पाँचजना चल्तीका मोडलले ‘बबाल’ गरेका छन् । चर्चित गीतकार, संगीतकार एवं गायक रमेशराज भट्टराईको चर्चित गीत ‘बबाल भो’मा एक अभिनेत्रीसँग पाँचजनाको बबाल भएको हो । प्रियंकासँग बबाल गर्नेमा चर्चित मोडलहरु शंकर विसी, बिजय थापा, महेन्द्र गौतम, बब्बु थापा, नरेश क्षेत्री छन् ।
‘माया लाको उनले र मैले दुनिया“लाई के सवाल भो, आज फेरी पापी शहरमा बबाल भो, बबाल भो’ जस्ता शब्दमा सजिएको उक्त गीत हिट भएपछि भिडियो सुटिङ गरिएको छ ।

Read More

बालकलाकारले छायाँमा पारे स्टार कलाकारलाई

काठमाण्डौमा आज फिल्म ‘नाई नभन्नु ल २’ को प्रेसमिट आयोजना गरियो। बिकाश आचार्य निर्देशित फिल्मको गित संगीत हाल निकै चर्चामा रहेको छ। यसघि आचार्य कै निर्देशित फिल्म रिदमामा आफ्नो कला देखाई सकेका ६ बर्षका बालकलाकार अनुभव रेग्मी र ८ बर्षकी नब बालकलाकार सुज्ञानी भट्टराइको फिल्ममा मुख्य अभिनय रहेको छ । उक्त प्रे समिटमा फिल्मका अन्य चलेका कलाकारका भन्दा पनि यी दुइको बढी चर्चा भयो । दुबैले फिल्ममा काम गर्दा रमाइलो अनि खासै असजिलो महशुस नभएको बताए । प्रेसमिटमा आर्क बाल गायक प्रेम परियारको समेत उत्तिकै चर्चा भयो। हाल फिल्मको चर्चित गित ”यि आँखामा तिमि छौ” बोलको गित समेत उनले गाएर सुनाएका थिए । सबैले यि तिनको खुलेर प्रसंसा गरेका थिए।

Read More

अबिच्युअरी: त्यो ‘म्याक्रो’ मुस्कान

पीडा र आक्रोशको विष्फोट कस्तो हुन्छ ? कहिल्यै महसुस गर्नुभएको छ, डिएसपी साब् ! मञ्जु तपाईंका लागि पराई थिइन् । कल्पना गर्नुहोस्– तपाईंका आफन्तले हिँड्दै गरेको बाटो, बोल्दै गरेको बोली र लिँदै गरेको सास मञ्जुको जस्तैगरी अन्तिम हुन्छ भने ? त्यसपछि पीडितलाई भन्नुहोला, डीएसपी साब्– ‘तपाईं पनि तयारीका साथ सडकमा आउनुहोस्, हामी पनि तयारीका साथ सडकमा आउँछौँ ।’ कलाकारहरू विजय थापा, जमुना राना, कुलेन्द्र बिकहरुलाई भाटा ठोक्न तपाईंलाई राज्यले तलब दिएर पालेको हो ?

Read More