Fri. Apr 26th, 2024

लस एन्जलस, (एजेन्सी) । ‘ह्यारी पोटर’ अभिनेत्री एमा वोट्सनलाई एक फिल्ममा किसिङ सीन दिनेक्रममा ओठमा चोट लागेर घाइते भएकी छन् । एमाको ओठबाट रगत बग्न थालेपछि सुटिङ रोकिएको थियो । फिल्म ‘नोअ’ को लस एन्जलसमा एमा र डगलस बुथसँग एक कामुक सिनको सुटिङ भइरहेको थियो तर पटक–पटक रि–टेक गर्नुपर्दा ओठमा चोट लागेको बताइएको छ । उक्त सिनमा एमालाई मात्र नभई बुथलाई पनि चोट लागेको थियो । फिल्ममा एक यस्तो किसिङ सिनको सुट भइरहेको थियो, जसमा पहिलो दुवैजना एकअर्कामा टाडा भएको र पछि मिलेपछि चुम्बन गर्नुपर्ने थियो ।
अभिनेत्री एमाले भनिन्, ‘त्यो एक यस्ताो सिन थियो, जहाँ हामी दुवै किसका लागि भाग्नुपर्ने थियो । र, अन्त्यमा पुन पागलपनको हद नागेपछि किस गुर्न पर्ने थियो । यसका लागि सुरुमा पाँच टेक लिइएको थियो । पाँच टेकमा पनि नभएपछि छैटौपटकमा मेरो ओठमा रगत निस्क्यिो । यसक्रममा बुथको पनि नाकमा चोट लागेको छ ।’

%d bloggers like this: